नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न
खबर एक्सप्रेस
२०७६-१०-२९ ११:०० मा प्रकाशित
Total Shares: 476
काठमाडौं - नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार गृहसचिव महेश्वर न्यौपानले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।
गृहमन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दज्र्यानी चिन्ह लगाइएको हो । ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो ।
आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो ।
यसअघि नायव महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस