काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।  लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले थाइ एयरवेजको उडानमार्फत नेपाल आएका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत मणिपुर निवासी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन्। 

 प्रहरीका अनुसार थाइ एयरवेजको उडान नम्बर टिजी ३०८ बाट थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका दुई भारतीय महिलाको शंकास्पद गतिविधिपछि जाँच गर्ने क्रममा उनीहरूले बोकेको सुटकेसभित्र लुकाइराखिएको ८ किलो गाँजा बरामद भएको हो।