जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा होमिन जरुरी छ -प्रचण्ड
खबर एक्सप्रेस
२०७८-१२-०५ १२:५३ मा प्रकाशित
Total Shares: 212
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पनि होमिन जरुरी रहेको बताएका छन् ।
प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको बताएका हुन् ।
शनिबार अध्यक्ष प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा तस्बिरसहित उनको भनाइ राखेको छ, ‘प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ ।’

.gif)




फेसबुक पेज Like गर्नुहोस