थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ७ पुग्यो
काठमाडौं - नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।
सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।
कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।
त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । योसँगै शुक्रबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार बिहान मात्र ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बिहानै नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन,नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० नयाँ संक्रमित थपिएका हुन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिका, सर्लाही, गोडैता नगरपालिका- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।
बिहान ३० र दिउँसाे १९ गरेर ४९ जनामा एकै दिन कोराेना पाेजिटिभ पुष्टि भएको हाे । याेसँगै संक्रमितको संख्या ५०७ पुगेको छ ७० जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। तीन जनाको भने मृत्यु भइसकेको छ।
पीसीआर विधिबाट हालम्म ४२ हजार ४ सय ८८ र आरडीटी विधिबाट ८२ हजार एक सय १६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय १९ र आरडीटी विधिबाट तीन हजार चार सय २१ परीक्षण गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस