उडिरहेको हेलिकप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण
खबर एक्सप्रेस
२०७७-०८-१४ ०३:४६ मा प्रकाशित
Total Shares: 289
काठमाडौं - बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।
उडिरहेको कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गरिएको हो । चालकको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । हेलिकप्टरको अगाडिको सिसा भने फुटेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस