यतीलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु सरकारको नीतिगत भ्रष्टाचार हो : सांसद संग्रौला
काठमाडौं - नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नीतिगत भ्रष्टाचार गरी सरकारले यती होल्डिङ्सलाई नेपाल ट्रष्टको जग्गा दिएको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा संसदमा बोल्दै पन्तले यती आतंक राष्ट्रका लागि लज्जाको विषय भएको बताउदैं यस विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेकी छन्।
उनले भनिन- ‘यती समुहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु सरकारको नीतिगत भ्रष्टाचार हो।’ ‘गोकर्ण, ताहचल, दरबारमार्गको दुई हजार सात सय ९९ रोपनी जग्गा यतिलाई दिएको छ। जसले राज्यलाई ५ अरब नोक्सानी भयो।’
उनले पाथीभराको जग्गा सित्तैमा दिएको बारेमा समेत प्रश्न उठाएकी उनले भनिन- ‘शिवपुरीको जग्गा वार्षिक ४० हजारमा किन दिइयो ? यतीसँग सती जानु सरकार कारण के हो? प्रधानमन्त्रीको जवाफ चाहन्छु।’
ललितानिवास जग्गा प्रकरणमा आफ्ना मान्छेलाई सत्ताले उन्मुक्ति दिएको र विपक्षीलाई मात्रै मुद्दा चलाइएको पनि उनले आरोप लगाइन्।
फेसबुक पेज Like गर्नुहोस