गृहमन्त्री खाण बने कार्यवाहक प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् ।
बेलायतमा भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाले आफ्नो विश्वासपात्र मानिने नेपाली कांग्रेस नेता खाणलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। देउवा आज बेलायत जाँदैछन्।
विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए ।
स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी)को २६ औं सम्मेलन (कोप–२६)मा सहभागी हुन २० सदस्यीय प्रतिनिधिमण्डलसहित देउवा बेलायत जान लागेका हुन् । उनी कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस