काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले झण्डै दुई घण्टा बिताएको स्रोतले जानकारी दिएको छ । दुई अध्यक्षबीचको छलफल नेकपामा पछिल्लोसमय चर्किएको आन्तरिक विवाद समाधानमा केन्द्रित रहेको बताइएको छ ।

चालु स्थायी कमिटीको बैठकमा बहुमत सदस्यले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवाद बढेको हो । सहमति खोज्नका लागि दुई अध्यक्षबीच भेटवार्ता जारी छ तर, छलफल भने निष्कर्षमा पुगेको छैन । आज बोलाइएको स्थायी कमिटी बैठक पनि २६ गतेसम्मका लागि स्थगित भएको छ ।