चुनावमा कुनै प्रकारको धाँधली भए एमालेलाई मान्य हुँदैन : केपी ओली
झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निर्वाचनको निष्पक्ष वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्।
शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्दै चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भीर नदेखिएको टिप्पणी गरेका हुन् ।
ओलीले भने- 'चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ। राज्य संयन्त्र विलकुल निश्पक्ष, तटस्थ रहनुपर्दछ । यदि निर्वाचन निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिएमा लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता दिँदैन ।'
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा कुनै प्रकारका धाँधली र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिए एमालेलाई मान्य नहुने बताए।
साथै आफूहरू देशैभर चुनावमा केन्द्रित भएको भन्दै आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याको समाधान निकाल्ने दाबी गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस