काठमाडौं - मन्त्रिपरिषद बैठकले सवारी चालक अनुमतिपत्रको नवीकरण एवं संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरुको जाँचपास र रुट ईजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्त भित्र परेमा ढिलो भएबापत र नवीकरण म्याद नाघेबापत बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गर्ने गरी स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले मंसिर १५, १८ र २३ गते गरेका निर्णय आज सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन्।