अक्सिजन सिलिण्डर लिन ओमानतर्फ लाग्यो नेपाल एयरलाइन्स
काठमाडौं - ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) त्यसतर्फ प्रस्थान गरेको छ ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज बिहान साढे ७ बजे त्यसतर्फ उडेको हो । उक्त विमान शनिबार दिउँसो नै फर्कनेछ ।
निगमको जहाजले शनिबार साँझ नै चीनको बेईजिङको लागि उडान भर्ने छ । बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर, ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको छ । सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।
ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने छ । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।
फेसबुक पेज Like गर्नुहोस