काठमाडौं - डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता दिँदै सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरू लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । 

२०७८ आषाढ ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेज (याट्दरेट एनआईसी एसिया बैंक अफिशियल) मा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मो बैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ । यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो रू. १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सकिनेछ र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा रू. १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।

‘टिकटक भिडियो च्यालेन्ज’ मा सहभागी हुनको लागि निम्नलिखित नियमहरू रहेका छन् :-

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज (याट्दरेट एनआईसी एसिया बैंक अफिशियल) फलो गर्नुपर्नेछ ।

ख. सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई ट्याग एवं  याट्दरेट एनआईसी एसिया बैंक अफिशियल,ह्याजट्याग एनआईसी एशिया बैंक,ह्याजट्याग मो बैंक गरौँ समेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।

ग. माथि उल्लेखित प्रकृया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक/एक वटा भिडियो विजयी हुनेछन् ।

घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।

ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।