काठमाडौं - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार रातीदेखि लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ र डिजेल प्रतिलिटर ९७ रुपैयाँमा कारोबार हुनेछ। यस्तै, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ ।