घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-१०-१७ ११:०० मा प्रकाशित
Total Shares: 309
काठमाडौं - शुक्रबार सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन आज छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको भइरहेकाे छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा रु १० बढेर तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ ।
फेसबुक पेज Like गर्नुहोस