बेलायतबाट नेपाल प्रवेशमा रोक
खबर एक्सप्रेस
२०७७-०९-०७ ०६:३६ मा प्रकाशित
Total Shares: 351
काठमाडौं - नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।
भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस