झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि भारत भ्रमणमा जाने बताएका छन् ।

आइतबार गृहजिल्ला झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सफल भएको पनि दाबी गरे ।

उनले भने,‘हामी देश बनाउँछौँ । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन् । अब मान्छेहरूले पत्याएका छैनन् होला । म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’