रेमिट्यान्स २०.३ प्रतिशतले वृद्धि
खबर एक्सप्रेस
२०७९-०५-३० ०६:१० मा प्रकाशित
Total Shares: 178
काठमाडौं - चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस