काठमाडौं -नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका- अनुसार टोखास्थित निवासमै बोलाएर भट्टराईले सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यलाई ललिता निवास प्रकरणबारे जानकारी गराएका हुन् भने नेपालसँग गएराति बयान लिइएको हाे ।

डा भट्टराईले करिब ४५ मिनेट लगाएर आफू प्रधानमन्त्री भएका बेला ललिता निवासबारे तत्कालीन क्याबिनेटबाट भएका नीतिगत निर्णयको विवरण एआईजी बज्राचार्यलाई दिएका थिए।