मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत
खबर एक्सप्रेस
२०७९-०३-०६ ०१:५१ मा प्रकाशित
Total Shares: 426
काठमाडौं ,मकवानपुर - मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ पक्राउ गरेको छ ।
ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस