डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त
खबर एक्सप्रेस
२०७९-०९-१३ ०३:४५ मा प्रकाशित
Total Shares: 262
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् ।
सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस