नेपालमा थप ३ हजार १०८ जनामा कोरोना पुष्टि, २५ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-०५ ०५:२३ मा प्रकाशित
Total Shares: 220
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३१०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२०२ र एन्टिजेन विधिबाट ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ७० हजार ९५३ र एन्टिजेनबाट ५० हजार ६६४ जना पुगेको छ ।
यस्तै, आज थप १५९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । निको हुनेको दर ९४.६ प्रतिशत छ ।
आज संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ६०७ पुगेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस