बर्दिबास घटना : उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन
काठमाडौं - गृह मन्त्रालयले बर्दिबास घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
घरआँगन वरपर नै खेलिरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुन आइतबार साँझ बेपत्ता भएकी थिइन् । खोजीको क्रममा सोमबार मध्यराति फेला झाडीमा बोरामा खाँदेको अवस्थामा खातुनको शव फेला परेको थियो ।
बलात्कारपछि बालिकाको हत्या गरिएको भन्दै आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गर्दा प्रहरीको गोलीले बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो। मंगलबार राति १ बजे उपचारको क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा मृत्यु भएको थियो ।
सो घटनाबारे छानविन गर्न गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
घटनाका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको र न्यौपानेको परिवारलाई उचित राहत उपलब्ध गराउन र प्रदर्शनमा घाइते भएकाहरूको सरकारले उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस