रास्वपा बैठकमा सांसदमाथि आक्रमण, सांसदहरु बैठकस्थलबाट बाहिर निकालिए
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 8
काठमाडाैं - रास्वपाका सांसद्माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।
बाराको विस्तारित बैठकमा सहभागी सांसदहरूलाई पार्टीकै कार्यकर्ताले आक्रमण गरेपछि रास्वपाका बारा-१ का सांसद गणेश धिमाल, २ का चन्दन सिंह ३ का अरविन्द साह, र ४ का रहबर अन्सारी बैठक स्थलबाट भागेका थिए ।
बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्ष मानिने जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरुलाई संगठन बाहिर राख्न खोजिएको आरोप छ।
रास्वपा संगठनलाई जिल्लाको स्थानीय तह र वडाहरुमा संगठन बिस्तार गरेका साथीहरुलाई आउने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट दिनुको साटो सांसदहरुले पहिला नै टिकट बिक्री गरेको थाहा पाएर बैठकमै विवाद सुरु भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस