सामान्य बन्दै प्रधानमन्त्रीको स्वास्थ्य, सामान्य खानपान र हिंडडुल सुरु
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ ।
आइतबार अपराह्न अस्पतालले प्रेस विज्ञप्ति जारी गरेर गराएको जानकारीअनुसार प्रधानमन्त्रीले सामान्य हिंडडुल गर्न थालेका छन् ।अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई मृगौला प्रत्यारोपण गरिएको पाँचौं दिनमा उनको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिएको जानकारी दिएका छन् । ओलीका भाइटल तथा ल्याब सूचकांकहरु पनि सामान्य रहेको उनले जानकारी दिएका छन् ।
‘उहाँलाई नियमित हिंडडुल लगाउनुका साथै सन्तुलित आहार दिन थालिएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको मृगौलादाता भाञ्जी श्रीमती समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो छ ।’
फेसबुक पेज Like गर्नुहोस