ईसेवा मनि ट्रान्स्फरले गर्यो घर हस्तान्तरण
काठमाडौं - इसेवा मनि ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरिएको छ । इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा उक्त घर हस्तान्तरण गरिएको हो ।
इसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत मेरो डिजिटल देश अभियानको विजेता घोषणा गरेको थियो । जसमा ८ वर्षदेखि युएईमा कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।
ईसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए ।
ईसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस