काठमाडाैं - साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य आइतबार तोलामा ७६ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

यसअघि गत पुस २३ गते सुनको भाउ इतिहासमै उच्च प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ प्रतितोलामा कारोबार भइरहेको छ ।