भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालकाे अग्रता कायमै
खबर एक्सप्रेस
२०७९-०२-०१ ०७:२५ मा प्रकाशित
Total Shares: 214
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राखेकी हुन् । २९६८ मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।
दाहालले ११ सय ०५ प्राप्त गरेकी छन् । नेकपा एमालेका बिजय सुवेदीले १ हजार ७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ सय ९० मत प्राप्त गरेका हुन् ।
भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस