बीआरआईमा अमेरिकी चासो स्वभाविक हो : प्रचण्ड
खबर एक्सप्रेस
२०८१-०८-२५ ०१:१६ मा प्रकाशित
Total Shares: 100
चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गतिहिन भएको आरोप लगाएका छन् ।
पार्टीको खबरदारी सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले सरकारले आर्थिक संकट र सुशासनमा काम गर्न नसकेको भन्दै आलोचना गरे।
अध्यक्ष प्रचण्डले सरकारले काम भन्दा बढी हल्ला गरेको आरोप लगाए। उनले माओवादीको ध्यानमा जनतामा रहेको बताए ।
चीन सरकारको महत्वाकांक्षी परियोजना बीआरआईप्रति अमेरिकाले राखेको चासोलाई अध्यक्ष प्रचण्डले सामान्य भएको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस