क्यालिफोर्नियामा पराकम्पन आउने क्रम रोकिएन
काठमाडौं - संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीवार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरू आउने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् । करीब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीवार शक्तिशाली भूकम्प आएको थियो ।
सो भूकम्पपछि अरू कैयौं शक्तिशाली पराकम्पनहरू आउनसक्ने अनुमान यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए । अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार अमेरिकाको क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको पराकम्पन आएको छ ।
बिहीवार साँझको सो पराकम्पनपछि नागरिकहरूमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।
गत बिहीवारको भूकम्प ६.४ रेक्टर स्केलको थियो । त्यसयता करीब ८० वटा पराकम्पनहरू आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको छ ।दुई दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट करीब दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको छ ।
तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन । केही मानिस घाइते भएका समाचारमा आएको छ । भूकम्पका कारण ग्यासको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरूले जनाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस