काठमाडौं - दामन घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन टोली गठन भएको छ ।
विभागको होटल शाखाले बुधबार सूचना जारी गर्दै घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
'घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली समिति गठन गरिएको छ,' जारी सुचनामा उल्लेख छ ।
समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र होटल संघ नेपालका एक/एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहेका छन्।

.gif)



