काठमाडौं - दिपालयमा एक सैनिक हवल्दारको मृत्यु भएको छ । घाँस–दाउरा गर्दै गरेकी एक महिलाले फालेको मुढा लागेर हवलदार जगतजंग थापाको मृत्यु भएको हो ।

 थापा नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर राजपुरमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयका अनुसार जंगलमा फाइरिङ गरेर फर्किने क्रममा घाँस–दाउरा गर्र्दै गरेकी शारथी कठायतले माथिबाट फालेको मुढा थापालाई लाग्न पुगेको थियो ।

मुढा लागेपछि घाइते भएका सैनिक हवल्दार थापालाई उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको ज्यान गएको हो । कठायत घरमै रहेको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।