घाँस काट्दै गरेकी महिलाले फालेको मुढा लागेर सैनिक हवलदारको मृत्यु
खबर एक्सप्रेस
२०७६-०९-०१ ११:०० मा प्रकाशित
Total Shares: 709
काठमाडौं - दिपालयमा एक सैनिक हवल्दारको मृत्यु भएको छ । घाँस–दाउरा गर्दै गरेकी एक महिलाले फालेको मुढा लागेर हवलदार जगतजंग थापाको मृत्यु भएको हो ।
थापा नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर राजपुरमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयका अनुसार जंगलमा फाइरिङ गरेर फर्किने क्रममा घाँस–दाउरा गर्र्दै गरेकी शारथी कठायतले माथिबाट फालेको मुढा थापालाई लाग्न पुगेको थियो ।
मुढा लागेपछि घाइते भएका सैनिक हवल्दार थापालाई उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको ज्यान गएको हो । कठायत घरमै रहेको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस