काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । दिउँसो १ बजे आफूपक्षीय केन्द्रीय समितिको बैठक बोलाइएको सन्दर्भमा उपाध्यक्ष वामदेव गौतमको निवासमा छलफल भइरहेको हो ।

ललितपुर भैँसेपाटीस्थित नेकपा उपाध्यक्ष गौतम निवासमा, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठबीच भेटवार्ता शुरु भएको हो।