उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न सर्वोच्चद्धारा अस्वीकार
खबर एक्सप्रेस
२०७७-०८-११ ०६:०८ मा प्रकाशित
Total Shares: 317
काठमाडौं - सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
बिहीबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघका प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा सुनुवाई गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
काठमाडौंमा बिहीबारबाट सुरु भएको महासंघको साधारणसभा र निर्वाचन शनिबार सकिँदैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उजुरी नहेरेको भन्दै शाह सर्वोच्च पुगेका थिए।
फेसबुक पेज Like गर्नुहोस