कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भिर, आईसियूमा उपचार हुँदै
खबर एक्सप्रेस
२०७७-०७-२१ ११:१८ मा प्रकाशित
Total Shares: 410
काठमाडौं - कोरोनाभाइरस संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।
थप उपचारका लागि उनलाई हिजो बिहिबार आईसियूमा सारिएको पारिवारिक स्रोतले बताएको छ ।
गजुरेलले आफूलाई कार्तिक १० गते कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि उनी होम आईसोलेसनमा बसेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस