काठमाडौं - एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा ईएनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १०% वा रु ३०० सम्म क्यास ब्याकको अफर ल्याएको छ । 

तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट एनएमबि भिसा कार्ड डिस्काउट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।