काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू-भागहरु र प्रदेश नं २ मा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीनको मौसम पूर्वानुमान:-

मंसिर २४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर २५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश नं १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्कारफाटफुट बर्षाको सम्भावना समेत रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।