काठमाडौं - डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा  अनशन अन्त्य गरेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

शनिबार मध्यरातमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए । त्यसपछि डा. केसीले काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमै अनशनमा थिए ।