मनसुनी प्रणाली फेरि कमजोर, बागमतीमा मात्रै भारी वर्षाको सम्भावना
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ ।
जसको प्रभावले गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ ।
सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै राती देशको पहाडी भू-भागमा साधारणतया बदली रहि तराई भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस