दुई अध्यादेश राष्ट्रपतिद्वारा खारेज
खबर एक्सप्रेस
२०७७-०१-१२ ०३:३१ मा प्रकाशित
Total Shares: 447
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी भएका दुई अध्यादेश खारेज गरेकी छन्।
यसअघि मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।
सोही निर्णयबमोजिम राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल र सत्ता पक्षकै नेताहरूले भनेकै कारण अध्यादेश फिर्ता लिएको बताएका छन्।
मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे संक्षिप्त धारणा राख्दै प्रधानमन्त्रीले अध्यादेशबाट हाललाई पछि हटेको बताएको एक मन्त्रीले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस