काठमाडौं - बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा सरेको छ।

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा गएको हो।

  बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।   जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेकाे थियाे। 

पूर्व सभामुख महराका पक्षका वकिलहरुको बहस सकिए लगत्तै फैसला हुने अदालतले जनाएको छ। आजै फैसला हुन सक्ने बताइएको छ। हेर्दाहेर्दैमा रहेको मुद्दाको न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा पहिलो नम्बरमै सुनुवाइ भइरहेको छ।