सिजी ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार
काठमाडौ - नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सिजीले दशैं तिहार पर्वलाई लक्षित गरि थप अर्को उपहार नै उपहारको योजना ल्याएको छ ।
सिजीले यसअघि ल्याएको उपहार योजनाहरुमा उपभोक्ताहरुले सिजीको आधिकारीक वेभसाईट www.cginspiringlife.com /category/festiveoffers/ बाट बुकिङ गरि खरिद गरेमा बम्परमा भाग्यशालि ३ जना विजेताहरुलाई सिजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना ल्याएको हो ।
उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभीको खरिदमा ३०% सम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा उपभोक्ताहरुले नगद छुट साथै सिजीकै अकर्षक स्पिकर प्राप्त गर्न सक्नेछन् । यस्तै, साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनेछन् भने डलबडोर रेफ्रीजेरेटरमा सिजीको प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउने कम्पनिले जनाएको छ ।
यसपालि सिजीको फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसि मा भने निशुल्क जडानको व्यवस्था रहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस