शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०६-२५ ०४:५१ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरी पीसीआर जाँच गर्दा उनको रिपोर्ट आइतबार पोजेटिभ आएको हो ।
मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हाल उनी अस्पतालमै उपचाररत छन् ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराईलाई पनि सङ्क्रमण देखिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस