काठमाडौं - १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। आजको खेलमा नेपालले इन्डोनेसियालाई पराजित गरेसँगै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।