मोरङ - मोरङमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सो दुर्घटनामा घटनास्थलमै एक जनाको र एकको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठक्कर दिने ट्रकका चालक भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगर रहेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए।
बिहान ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकेर राखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक नवलपरासीबाट सात सय ५० काटुन गोर्खा स्ट्रङ वियर लिएर झापाको दमकतर्फ गएको खुलेको छ । डीएसपी गिरीले ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको जानकारी दिए ।
मोरङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
खबर एक्सप्रेस
फाल्गुन १७, २०७६
५२४


.gif)

