सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड
खबर एक्सप्रेस
२०७७-१२-२७ ०१:२४ मा प्रकाशित
Total Shares: 264
काठमाडौं - सिंगटी हाइड्रोपावरले आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।
आईपीओमा २ लाख ६९ हजार ७०० जना आवेदकले मात्रै कम्पनीको सेयर हात पारेका छन् । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये २ लाख ६९ हजार ७०० जना आवेदकलाई न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो ।
त्यस्तै, १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ ।
कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस