गोङ्गबुको गेस्ट हाउसमा पुरुष मृत फेला, २ युवक पक्राउ
काठमाडौं - काठमाडौंको गोङ्गबुस्थित गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतका अनुसार काठमाडौं महानगरपालिका-२७ स्थित मित्र नगरमा रहेको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो ।
शनिबार राति सुतेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन्। हाल क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् । यद्यपी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस