प्रतिसिलिण्डर ५० रुपैयाँले बढ्यो एलपी ग्यासको मूल्य
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटि्टतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक प्रतिलिटर बिक्री मूल्यमा समान ३/३ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य पेट्रोलको १३३ रुपैयाँ, डिजेलरमट्टितलको मूल्य ११६ रुपैयाँ कायम भएको छ ।
आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।
एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस