रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा ड्रोन आक्रमण
खबर एक्सप्रेस
२०८०-०१-२० ०८:०० मा प्रकाशित
Total Shares: 58
काठमाडौं-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा चालकरहित हवाई उपकरण ड्रोनबाट आक्रमण भएको छ । राजधानी मस्कोमा रहेको उनको कार्यालयमा ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसी प्रशासन क्रेमलिनले राष्ट्रपति पुटिनलाई मार्नका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । युक्रेनले भने रुसी आरोपको खण्डन गरेको छ ।
आक्रमणका बेला राष्ट्रपति पुटिन उक्त कार्यालयमा नभएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस