काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ ।

अख्तियार स्रोतका अनुसार भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । 

उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ ।