काठमाडौं - बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरुसमेत फेला परेको छ । अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ । बम विष्फोट भएको ठाउँमा नेकपा माओवादी केन्द्रको पर्चा समेत भेटिएको छ ।